हप्ता दिन नपुग्दै फेरि बढ्यो अण्डाको मुल्य

काठमाडौ, १९ असार २०८२ः

नेपाल लेयर्स कुखुरा पालक संघले भोलि देखि लागु हुने गरी अण्डाको मुल्य बृद्दि गरेको छ।

संघको आज बसेको बैठकको निर्णय अनुसार चितवनलाई आधार मानी अण्डाको न्यूनतम समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। संघका सचिव मदन पोखरेलका अनुसार ठूलो अण्डा (१३.६–१३.८ के.जी.) : प्रति क्रेट ४९५ रुपैयाँ र मध्यम अण्डा (१२.६–१२.८ के.जी.) : प्रति क्रेट ४६५ रुपैयाँ निर्धारण गरेको छ। यो मुल्य संघले यस अघि असार ११ गते लागु गरेको मुल्य भन्दा प्रति क्रेट रु १५ बढि हो।

संघले देशभर अण्डा वितरण हुने डिपोहरूसम्म चितवनबाट लोड गरिने क्रममा लाग्ने अतिरिक्त खर्चबारे पनि जानकारी दिएको छ। चितवनबाट डिपोमा अण्डा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त लाग्नेछ।

संघले सबै सरोकारवाला पक्षहरूलाई निर्धारण गरिएको मूल्यलाई आधार मानी कारोबार गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!