एमाले सचिवालय बैठक : केन्द्रीय कमिटी बैठकको तयारी लगायत समसामयिक विषयमा छलफल

काठमाडौँ , १ साउन २०८२ः

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा ्सम्पन्न बैठकमा पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीलगायत समसामयिक विषयमा छलफल भएको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँले विधान महाधिवेशनको तयारीका लागि भोली बस्ने पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।

यस अघि आगामी भदौ २० र २१ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!