हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्‍याली आयोजना हुँदै

मकवानपुरगढी, १ साउन २०८२ः

हेटौंडामा आठौं संस्करणको ‘कोरा साईकल र्‍याली’ आउँदो शनिबार आयोजना हुने भएको छ। सन् २०१८ देखि नियमित रूपमा साईकल महोत्सव आयोजना गर्दै आएको हेटौंडा राइडर्स क्लबले पत्रकार सम्मेलनमार्फत र्‍यालीको जानकारी दिएको हो।

‘This is not a race, everyone is a winner’ भन्ने नाराका साथ आयोजना हुने यस साईकल र्‍यालीले स्वच्छ वातावरण प्रवर्द्धनसँगै हेटौंडालाई साईकल–मैत्री शहर बनाउने उद्देश्य लिएको क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिनुभयो।

कुल ५० किलोमिटरको दुरी तय गर्ने र्‍यालीमा १२ वर्षमाथिका जो–कोही साईकलप्रेमी सहभागी हुन सक्नेछन्। मकवानपुरसहित चितवन, बारा, पर्सा र काठमाडौँलगायतका जिल्लाबाट करिब ३०० जना साईकल राइडर सहभागी हुने अपेक्षा गरिएको छ। हालसम्म २५० जनाले नाम दर्ता गराइसकेका छन्।

सहभागी सबैलाई क्लबले निःशुल्क जर्सी प्रदान गर्नेछ। र्‍याली बिहान ७ बजे हेटौंडाको प्रमुख धार्मिकस्थल पशुपतिनाथ मन्दिरबाट सुरु भई शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, महेन्द्र राजमार्ग, त्रिवेणीधाम, कर्रा लगायतका स्थान हुँदै बुद्धचोकमा समापन हुने आयोजकले जनाएको छ।

साईकल संस्कृतिको प्रवर्द्धन तथा हरित वातावरणको सन्देश फैलाउने उद्देश्यले सक्रिय रहेको हेटौंडा राइडर्स क्लबमा हाल ५०० जना सदस्य आवद्ध छन्। क्लबका अनुसार मकवानपुर जिल्लामा हाल करिब ६ हजार साईकल राइडर छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!