श्री सिद्धिकाली छत्र गुठीको आयोजनामा नौ वर्षपछि सलचा प्याख नाच प्रदर्शन हुँदै

मध्यपुर थिमि, १ साउन २०८२ः

नौ वर्षको अन्तराल पछि मध्यपुर थिमि पोबु टोलबाट परम्परागत एंब ऐतिहासिक सलचा प्याख नाच प्रदर्शन हुने भएको छ। श्री सिद्धिकाली छत्र गुठी, पोबुको आयोजनामा सलचा प्याख प्रदर्शन हुने भएको हो।

आज बसेको गुठीको बैठकमा स्थानिय बासिन्दा तथा गुरुवर्गहरुको उपस्थितिमा यो निर्णय गरिएको हो। बैठकमा वरिष्ठ गुरु बिकुलाल भासिमा, कान्छा भासिमा लगायतको उपस्थितिमा यो ऐतिहासिक नाचलाई निरन्तरता दिने निर्णय गरिएको हो।

नौ वर्षयता रोकिएको यो नाच पुर्ख्यौली सांस्कृतिक सम्पदा संरक्षण तथा पुस्तान्तरणको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ। नाच गाईजात्राको भोलिपल्टबाट सुरु भई चार रातसम्म स्थानीय क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ।

सलचा प्याखको सन्दर्भमा “भैल ध्यो या लाः बापु, सल्चा प्याखया लाः बापु” भन्ने एक ऐतिहासिक कठन रहेको छ। यस्को तात्पर्य यदि भैलः प्याख कुनै बाटोमा देखाईराखेको छ र त्यहि बाटो बाट सल्चा प्याख जानू पर्यो भने भैल प्याखले सल्चा प्याखलाई आधि बाटो छोदिदिनु पर्छ। सामान्यतया भैल प्याखले अरु कुनै पनि नाचलाई बाटो छोडि दिदैन। अरु नाच प्रदर्शनको क्रममा यदि भैलः प्याख आयो भने कि त अरु मार्गमा लाग्नु पर्छ कि त नाच स्थगन गर्नु पर्दछ। यो अपवादले सलचा प्याखको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व झल्काउँछ। यसरी दुई परम्परागत नाच बीचको यो सम्बन्ध परस्पर सम्मान र अनुशासनको उदाहरण पनि हो।

Video; PREMLAL BHASIMA

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!