मध्यपुर थिमि, ६ भाद्र २०८२ः
श्री सिद्धिकाली छत्र गुठी पोबुको आयोजनामा संचालन भएको ऐतिहासिक तथा पौराणिक सलचा प्याख सफलतापूर्वक सम्पन्न भएको अवसरमा एक विशेष सम्मान तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्र्ममा विशिष्ट अतिथि नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठ,अतिथि वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा प्याख गुरु आदरणीय बिकुलाल भासिमा, बाजा गुरु आदरणीय कान्छा भासिमा, सलचा प्याखका कलाकारहरु जस्टिन भासिमा, सोमेन भासिमा, क्रिसब भासिमा, रेमुन भासिमा र सफिन भासिमा , गुठीका पदाधिकारी, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरु लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सलचा प्याखका गुरुहरु, कलाकारहरु, दाता महानुभावहरु लगायतलाई विशेष सम्मान गरिएको थियो। सो अवसरमा प्याख व्यवस्थापन समितिका अध्यक्ष श्री दिलकृष्ण भासिमाले सबै सहयोगी महानुभावलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस परम्परालाई अझै भव्य रूपमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तब्य समितिका सदस्य प्रेमलाल भासिमाले गर्नुभएको थियो भने कार्यक्रम संचालन तुईलाल भासिमाले गर्नु भएको थियो।