सलचा प्याखः २०८२ पोबुको आय–व्यय विवरण सार्वजनिक

मध्यपुर थिमि, पोबु, १५ भाद्र २०८२ः

मध्यपुर थिमि नगरपालिका–५, पोबु टोलस्थित श्री सिद्धिकाली छत्र गुठिको आयोजना तथा भासिमा परिवारको सहकार्यमा हालै सम्पन्न ऐतिहासिक तथा पौराणिक सलचा प्याखः २०८२ को आय व्यय विवरण सार्वजनिक गरिएको छ। सलचा प्याखः का गुरुवर्ग बिकु लाल भासिमा, कान्छा भासिमा लगायत भासिमा परिवारका सदस्यहरूको उपस्थितिमा आय व्यय विवरण सार्वजनिक गरिएको हो।

सार्बजनिक कार्यक्रमहरुको आयोजना गर्दा आर्थिक पारदर्शिता महत्वपुर्ण हुने भन्दै सलचा प्याख: ब्यवस्थापन समितिका संयोजक/अध्यक्ष दिल कृष्ण भासिमाले आफुहरु आर्थिक पारदर्शितामा प्रतिबद्द रहेको बताए।

सार्बजनिक गरिएको बिबरण अनुसार जम्मा आय रकम रु. ६ लाख २६ हजार ६ सय ११ रुपिया रहेको छ भने खर्च रकम रु. ६ लाख ५३ हजार ५ सय ७ रुपिया रहेको छ। बिबरण अनुसार २६ हजार ८ सय ९६ रुपिया नपुग देखिएको छ।

ब्यवस्थापन समितिका संयोजक/अध्यक्ष भासिमाका अनुसार छिट्टै नै मध्यपुर थिमि नगरपालिकाबाट प्राप्त हुने सहयोग रकमबाट उक्त नपुग रकम कट्टा गरी बाँकी रहेको रकमलाई सलचा प्याख संरक्षण कोषमा जम्मा गरिने छ।

प्याखः सफलता पूर्वक सम्पन्न गर्न आर्थिक तथा भौतिक सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी दाताहरुप्रति श्री सिद्धिकाली छत्र गुठि र भासिमा परिवारले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उक्त सलचा प्याखः करिब ९ बर्ष पछि मध्यपुर थिमिमा साउन २६ गते देखि २९ गते सम्म चार दिन प्रदर्शन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!