“यो पुरस्कारले हामीलाई उपभोक्तालाई अझ ताजा, गुणस्तरीय र स्वास्थ्यवर्द्धक प्रोटिन दिन प्रेरित गरेको छ ।” बाबुराजा रावल
काठमाडौं, १७ भाद्र २०८२ः
काठमाडौंस्थित भ्याली ग्रुपले दिगोपनका अभ्यासका लागि यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) बाट दिगोपन सम्बन्धी प्रमाणपत्र प्राप्त गरेको छ । यो सम्मान अमेरिकाको वाशिङटन डी.सी. मा आयोजित U.S. Soy Connext कार्यक्रममा भ्याली ग्रुपका प्रबन्ध निर्देशक बाबुराजा रावलले ग्रहण गर्नुभयो ।
USSEC का प्रमुख कार्यकारी अधिकृत जिम सटरसहितका अधिकारीहरूले भ्याली ग्रुपलाई Fed with Sustainable U.S. Soy लेबल प्रयोग गरेकोमा सम्मान गरेका थिए । यसले कम्पनीको दिगो व्यावसायिक अभ्यासप्रति प्रतिबद्धता प्रकट गरेको देखिन्छ । सन् २००२ देखि भ्याली ग्रुपसँग संलग्न रहनुभएका रावलले यस उपलब्धिको श्रेय आफ्नै टिमलाई दिनुभयो । उहाँले भन्नुभयो, “यो पुरस्कारले हामीलाई उपभोक्तालाई अझ स्वास्थ्यवर्द्धक, ताजा र उच्च गुणस्तरको प्रोटिन उपलब्ध गराउने प्रेरणा दिएको छ, जसले नेपालभर स्वास्थ्य र खुशीलाई बढावा दिनेछ ।”
USSEC नेपालका प्रमुख डा. अशेष भट्टराईले भ्याली ग्रुपलाई प्रोटिनयुक्त आहार र दिगोपन प्रवर्द्धनमा अगुवाइ गरेको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै, ग्लोबल एग्रो प्रोडक्ट्सका निर्देशक उमेशचन्द्र सापकोटाले भ्याली ग्रुपको प्रिमियम गुणस्तरको खाना, उत्कृष्ट स्वाद र किफायती मूल्यप्रति केन्द्रित प्रयासले यस मान्यता प्राप्त गर्न सहयोग गरेको बताए ।
वि.सं. २०४१ मा श्रीकृष्ण प्रसाद घिमिरे, हरि कृष्ण रावल र सानुबाबु बिन्दुकारद्वारा स्थापना भएको भ्याली ग्रुप, बाबुराजा रावलको नेतृत्वमा निरन्तर वृद्धि गर्दै आएको छ । यसअन्तर्गत भ्याली कोल्ड स्टोर, भ्याली फिड इन्डस्ट्री, भ्याली पोल्ट्री र भ्याली पेल्लेट फिड जस्ता सहायक इकाइहरू सञ्चालनमा छन् । कम्पनी ISO प्रमाणित समेत हो । चार दशकभन्दा बढी समयदेखि भ्याली कोल्ड स्टोरले उत्पादनलाई खेत–खलियानदेखि प्रत्यक्ष ग्राहकसम्म ताजा र स्वास्थ्यप्रद तरिकाले पुर्याउँदै आएको छ ।
यस प्रमाणपत्रले भ्याली ग्रुपको दिगोपन, गुणस्तर र स्वास्थ्यप्रतिको समर्पणलाई उजागर गरेको छ, जसले गर्दा यो कम्पनी नेपालमा खाद्य क्षेत्रको विश्वसनीय नाम बनेको छ ।
साभारः हर्षिता गुप्ता, earthecobalance.com