मध्यपुर थिमिको निगु पुखुमा ‘Da Thi Café’ सञ्चालनमाः वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यद्वारा उद्घाटन

भक्तपुर, मध्यपुर थिमि, २१ कार्तिक २०८२ः

ऐतिहासिक तथा सांस्कृतिक सहर मध्यपुर थिमिको निगु पुखु क्षेत्रमा नयाँ पर्यटन गन्तव्यका रूपमा ‘Da Thi Café’ सञ्चालनमा आएको छ। देशका वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले एक समारोहका बीच क्याफे उद्घाटन गरेका हुन्।

युवा पर्यटन व्यवसायीहरू रमेश प्रजापति, कबिदास श्रेष्ठ, सुजित श्रेष्ठ, सिद्दिचरण श्रेष्ठ र मिकेश श्रेष्ठको संयुक्त लगानीमा सञ्चालनमा आएको उक्त क्याफेले मध्यपुर थिमिको सांस्कृतिक र पर्यटन सम्भावनालाई नयाँ पहिचान दिने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले मध्यपुर थिमि जस्तो सांस्कृतिक सहरमा यस्तो उद्यमले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने बताए। उनले युवा पुस्ता उद्यमशीलतामा अघि बढ्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै पर्यटनमैत्री वातावरण सृजना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

लगानीकर्ताहरू मध्येका एक रमेश प्रजापतिका अनुसार ‘Da Thi Café’ केवल खानेकुरा र कफीको स्थान मात्र नभई सांस्कृतिक भेटघाट, सिर्जनशीलता र समुदायबीचको संवादको थलोका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!