दाङ, २१ कार्तिक २०८२ः
नेपाल लेयर्स कुखुरापालक संघ, दाङको प्रथम साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न साधारणसभामा ईश्वर प्रकाश श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष रुद्रमणी सापकोटा, द्वितीय उपाध्यक्ष यादव रिजाल, सचिव रबिन्द्र बिक्रम केसी, सहसचिव अजय न्यौपाने र कोषाध्यक्ष ईश्वर अर्याल रहेका छन्।
त्यस्तै कार्यसमिति सदस्यहरूमा लीला ओली, शम्भु सिंह ठकुरी, दुर्गा एरी, हरपल केसी, नवराज सुवेदी, कृष्ण खरेल र गोविन्द योगी चयन भएका छन्।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संघलाई दाङको पोल्ट्री व्यवसाय सुदृढीकरणको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।