स्व. रोहन प्रजापतिको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्नः ८८ जना रक्तदाताद्वारा रक्तदान

मध्यपुर थिमि, २२ कर्तिक २०८२ः

मध्यपुर थिमि ५ भुलांखेलमा हालै दिवंगत भएका स्व. रोहन प्रजापतिको सम्झनामा एकदिने खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा जम्मा ८८ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।

स्व. रोहन प्रजापति

कार्यक्रमले “रक्तदान – जीवनदान” भन्ने सन्देश फैलाउँदै दिवंगत रोहनप्रति श्रद्धाञ्जली अर्पण गरेको आयोजकहरूले बताएका छन्।

स्व रोहन प्रजापति मध्यपुर थिमि–५ बर्मुननीका बासिन्दा हुन्। यहि असोज २३ गते मनास्लु लार्के पास पदयात्राका क्रममा लेक लागी उनको असामयिक निधन भएको थियो। उनको सम्झनामा गरिएको यो रक्तदान कार्यक्रमले स्थानीय युवामाझ सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावना जगाएको सहभागीहरूले बताएका छन्।

विनायक शिक्षा निकेतनका बिद्यालयका .एस.ई.ई. ब्याच २०७४ का विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!