मकवानपुर कुखुरा व्यवसायी संघको १९औं साधारण सभा सम्पन्नः गोविन्द सापकोटाको नेतृत्वमा नयाँ समिति

हेटौंडा , २३ कार्तिक २०८२ः

मकवानपुर कुखुरा व्यवसायी संघको १९औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गोविन्द सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर परियार, प्रथम उपाध्यक्षमा रविन ढकाल, द्वितीय उपाध्यक्षमा लिलामणि थापा मगर, महासचिवमा प्रभाकर पुडासैनी, सचिवमा गितादत्त लुइटेल र कोषाध्यक्षमा बिकेश खत्री क्षेत्री चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा रामेश्वर गोपाली, अर्जुन सापकोटा, सिताराम दंगाल, मोहन थापा, राजेन्द्र प्रसाद पुडासैनी, राम प्रसाद बिडारी, सुर्य बहादुर पाख्रिन र सविन सापकोटा रहेका छन्। मनोनीत सदस्यका रूपमा लक्ष्मी अधिकारीलाई चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!