अध्यक्ष प्रजापति बैंककमै सक्रिय: विश्व बक्सिङ नेतृत्वसँग नेपालको बक्सिङबारे छलफल

काठमाडौ, १६ मंसिर २०८२ः

नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष राजन बिक्रम प्रजापतिले विश्व बक्सिङ परिषद् (WBC) का अध्यक्ष सुलेमानसँग नेपालमा प्रोफेशनल बक्सिङको विकासबारे महत्वपूर्ण भेटवार्ता गरेका छन्। थाइल्यान्डको बैंककमा जारी ६३औँ विश्व बक्सिङ काउन्सिलको वार्षिक सम्मेलनको क्रममा भएको उक्त भेटमा दुवै पक्षबीच आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको थियो।

भेटका क्रममा WBC अध्यक्ष सुलेमानले नेपालको बक्सिङ खेलप्रति सकारात्मक रुचि राख्दै यसको विकासका लागि सहयोग गर्न WBC प्रतिवद्ध रहेको बताएका छन्। उनले भविष्यमा नेपालसँग मिलेर काम गर्न आफू उत्सुक रहेको समेत जनाए।

यस्तै अवसरमा नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष प्रजापतिले नेपाली जनताको तर्फबाट सम्मानस्वरूप अध्यक्ष सुलेमानलाई मायाको चिनो समेत प्रदान गरेका थिए।

अध्यक्ष प्रजापति यस वर्ष पहिलोपटक नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म बैंककमा भइरहेको वार्षिक सम्मेलनमा सहभागी भइरहेका छन्। प्रजापति संगै राष्ट्रिय रेफ्री दिपेश शर्मा पनि उक्त सम्मेलनमा सहभागी हुनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!