नेपालको ऐतिहासिक उपस्थिति: पहिलोपटक WBC सम्मेलनमा आधिकारिक सहभागिता

काठमांडौ, १६ मंसिर २०८२ः

नेपाल विश्व बक्सिङ काउन्सिल (WBC) को वार्षिक सम्मेलनमा पहिलोपटक औपचारिक रूपमा सहभागी भएको छ। थाइल्यान्डको बैंककमा नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म चल्ने ६३औँ WBC सम्मेलनमा नेपालको सहभागिता देशको प्रोफेशनल बक्सिङका लागि महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ।

नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष राजन बिक्रम प्रजापति र राष्ट्रिय रेफ्री दिपेश शर्मा उक्त सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुनुहुन्छ। उहाहरुले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको यति ठूलो सम्मेलनमा सहभागी हुँदै नेपालका तर्फबाट औपचारिक उपस्थिति जनाइरहेका छन्।

करिब १५० देशका प्रोमोटर, च्याम्पियन, प्रशिक्षक, रेफ्री तथा अफिसियलहरू सहभागी हुने यो सम्मेलनमा बक्सिङसँग सम्बन्धित नीतिगत, प्राविधिक तथा विकासका मुद्दाहरूमा गहन छलफल भइरहेको छ।

यस सहभागितालाई नेपालमा प्रोफेशनल बक्सिङको क्षमता, सम्भावना र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा बुझिएको छ। भविष्यमा नेपालले विश्वस्तरका प्रतियोगिता, तालिम तथा आदानप्रदान कार्यक्रम आकर्षित गर्ने सम्भावना समेत बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!