नेपाल पशुपन्छी औषधि व्यवसायी संघ केन्द्रिय महाधिवेशनको मिति पुनः निर्धारण गरिने

काठमाडौं , ३ पुस २०८२ः

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रिय महाधिवेशन तोकिएको समयमा सम्पन्न नहुने भएको छ। संघको मिति २०८२ पौष २ गते बसेको केन्द्रिय सचिवालय बैठकको निर्णयअनुसार अधिकांश प्रदेश तथा जिल्ला शाखाहरूको अधिवेशन अझै सम्पन्न हुन बाँकी रहेकाले पौष २४ र २५ गते तय गरिएको केन्द्रिय महाधिवेशनका लागि समयावधि अत्यन्त न्यून भएको निष्कर्ष निकालिएको हो।

संघले केन्द्रिय महाधिवेशनको नयाँ मिति आगामी बस्ने केन्द्रिय कार्य समिति बैठकले निर्धारण गर्ने जनाएको छ। यसैबीच अधिवेशन सम्पन्न हुन बाँकी रहेका प्रदेश तथा प्रदेश मातहतका जिल्ला शाखाहरूलाई विद्युतिय माध्यममार्फत सदस्यता अध्यावधिक गर्न बाँकी सदस्यहरूको अनलाइन सदस्यता अद्यावधिक गरी यथाशीघ्र अधिवेशन सम्पन्न गर्न संघले अनुरोध गरेको छ।

साथै, सम्पन्न भएका अधिवेशनसम्बन्धी सम्पूर्ण विवरण संघको केन्द्रिय कार्यालयमा उपलब्ध गराउन समेत आग्रह गरिएको छ। संघले समयमै सबै संरचनागत प्रक्रिया पूरा गरी केन्द्रिय महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!