भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक

भक्तपुर। भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद माध्यमिक विद्यालय, भेलुखेलले ७ वटा पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रतियोगितामा विद्यालयले २ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गरेको हो। कराते र एथलेटिक्सअन्तर्गत २०० मिटर दौडमा विद्यालयले स्वर्ण पदक जित्न सफल भएको छ। यसैगरी महिला खो–खो र लङ जम्पमा रजत पदक हासिल गरेको विद्यालयले पुरुष भलिबल, सटपुट र ज्याभलिन थ्रोमा कास्य पदक प्राप्त गरेको विद्यालयका प्राचार्य चक्र चाकतुले जानकारी दिए।

नगरपालिकास्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबल (कक्षा ९–१२) मा आदर्श आजाद माविका साजन भुजेल, निसान मगर, अक्षय भुजेल, विजय श्रेष्ठ, प्रशान्त राई, धनराज तामाङ, सुशिल बर्दन, कुशल लामिछाने, निरज तामाङ, विवेक लोहार, प्रकाश विक र रोशन दहाल सहभागी थिए। उक्त टोलीले तेस्रो स्थान हासिल गर्दै कास्य पदक तथा ट्रफी प्राप्त गरेको छ।

महिला भलिबल (कक्षा ९–१२) मा कुसुमी लो, लालकुमारी ठोकर, रेश्मा मगर, अनुजा मगर, एलिशा सेवा, खुशी भोम्जन, करिना तामाङ, निर्मा तामाङ, कृतिका जिसी र सुचना जिम्बाले सहभागिता जनाएका थिए। यस विधामा पनि विद्यालयले सशक्त प्रतिस्पर्धा प्रस्तुत गरेको जनाएको छ।

कबड्डी प्रतियोगितामा सजिब जिम्बा, दाबा घिसिङ, फुरमान योञ्जन, अभिषेक लामा, रविन्द्र घले, विष्णु योञ्जन, दाबा लो, सौगात श्रेष्ठ, युवराज श्रेष्ठ, अमित घिसिङ र सुगम तामाङ सहभागी थिए। प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि अन्तिम चरणमा स्थान सुरक्षित गर्न भने नसकेको विद्यालयले जनाएको छ।

खो–खो पुरुष (कक्षा ६–१०) अन्तर्गत सुप्राम बस्नेत, सत्यमान घिसिङ, दिपेन्द्र बुढामगर, सुमित लामा, सुमन सुवेदी, विष्णु सुवेदी, अंश श्रेष्ठ, मिशन श्रेष्ठ, आकाश तामाङ, सुनिल तामाङ, निर्मल तामाङ र सागर मोक्तानको सहभागिता रहेको थियो।

खो–खो महिला (कक्षा ६–१०) मा अन्जिता तामाङ, बिनिसा मगर, सम्झना रञ्जितकार, भीमकुमारी मगर, निर्जला मगर, अरुण तामाङ, युनिशा तामाङ, सम्झना तामाङ, रञ्जना तामाङ, पेमा तामाङ, प्रियन्का पट्टेल र सुमिना तामाङ सहभागी थिए। महिला टोलीले द्वितीय स्थान हासिल गर्दै रजत पदकमा चित्त बुझाएको छ।

कराते प्रतियोगितामा सुमन सुवेदीले ४५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका छन्।
एथलेटिक्सतर्फ, २०० मिटर दौडमा मुकेश ठाकुर प्रथम, लङ जम्पमा द्वितीय स्थान तथा ज्याभलिन थ्रोमा विष्णु आलेमगरले तृतीय स्थान प्राप्त गरेका छन्। सटपुट पुरुषतर्फ दिपेश आलेमगर तृतीय हुन सफल भएका छन्।

त्यसैगरी, गत श्रावण ३० गते सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न संयुक्त परीक्षा समितिअन्तर्गत विद्यालयहरूबीच भएको गायन प्रतियोगितामा कक्षा १० का राजा राई प्रथम हुन सफल भएका छन्।

विद्यालय प्रशासनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। नगरपालिकाले आगामी दिनमा पनि विद्यालयस्तरीय खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!