महामन्त्री विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौँ, पुस १० गते।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उहाँले उक्त घोषणा गर्नुभएको हो।

शर्माले आफू तीन पटक उम्मेदवार भइसकेकाले यसपटक नयाँ साथीहरूलाई अघि बढ्न अवसर दिन चाहेको बताउनुभयो। ‘पावरले भ्याएसम्म उम्मेदवार बन्ने, हार्दा पनि क्षेत्र नछाड्ने प्रवृत्ति हाम्रो राजनीतिमा छ, यसलाई तोड्न जरुरी छ,’ उहाँले भन्नुभयो।

उहाँले झापा–१ मा उम्मेदवार बन्न इच्छुक नेता–कार्यकर्तालाई समयमै मैदानमा उत्रन आग्रह गरेको जानकारी दिँदै आगामी चुनावमा आफू देशभर पार्टीका उम्मेदवारहरूको साथमा रहने स्पष्ट पार्नुभयो।

महामन्त्री शर्माले चुनावमा अनुहार परिवर्तन गरी युवालाई बढी अवसर दिनुपर्नेमा जोड दिनुभयो। ‘अब चुनावमा नयाँ अनुहार र युवालाई प्राथमिकता दिनुपर्छ,’ उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!