त्रिवि ५१औँ दीक्षान्त समारोह: १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित

काठमाडौँ, १० पुस २०८२ः

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

दशरथ रङ्गशालामा आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित भएको घोषणा गर्नुभयो। विश्वविद्यालयबाट विभिन्न तहमा गरी कुल ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।

समारोहमा विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत शिक्षाविद् तथा प्राज्ञहरूको उपस्थिति रहेको छ।

यस अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको दिशामा अघि बढिरहेको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!