काठमाडौं , ११ पुस २०८२ः
रत्न काजि प्रजापति
नेपाल ह्याचरी उद्योग संघको १९ औँ वार्षिक साधारणसभा तथा १० औँ महाधिवेशनबाट राजेन्द्र लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
महाधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा डा. बलराम किसी, प्रथम उपाध्यक्षमा बलराम सन्जेल तथा द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर विसुराल चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा परशुराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिकांश पदहरूमा सर्वसम्मत चयन भए पनि सचिव पदका लागि निर्वाचन भएको थियो। सचिव पदका लागि भएको निर्वाचनमा ४२ मत प्राप्त गर्दै विवेक भट्ट विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी प्रेम बोगटीले १६ मत प्राप्त गर्नुभएको थियो।
नवगठित कार्यसमितिको सदस्यहरूमा रिजवान अहमद, नारायण गिरी, कपिल बाबू खनाल, हरिकृष्ण खनाल, मोतीप्रसाद पौडेल, बोधराज निरौला र विष्णु प्रसाद रिमाल रहनुभएको छ।
नबनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा ह्याचरी उद्योगमा देखिएको संकट समाधान, नीतिगत सुधार तथा व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।