भक्तपुर, ११ पुस २०८२ः
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
पार्टीको सिफारिस अनुसार भक्तपुर क्षेत्र नं १ बाट तीन जना उम्मेदवार सिफारिस भएका छन्। जसमा पहिलो नम्बरमा सुदर्शन पराजुली, दोस्रोमा हरिराम लवजू र तेस्रोमा सुनिल गोठे रहेका छन्।
त्यसैगरी भक्तपुर क्षेत्र नं २ बाट दुई जना उम्मेदवार सिफारिस गरिएको छ। यस क्षेत्रमा पहिलो नम्बरमा रामप्रसाद सापकोटा दिपशिखा र दोस्रोमा श्यामसुन्दर वस्नेत सिफारिस हुनुभएको छ।