नेकपा र नाउपाबीच पार्टी एकीकरण, १० बुँदे सहमति

काठमाडौँ, पुस १४ गते ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने १० बुँदे सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, समाजवादउन्मुख राजनीति र सामाजिक न्यायलाई साझा लक्ष्य बनाउँदै सहमति–पत्रमा हस्ताक्षर गरिएको हो।

सहमति–पत्रमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको छ। एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिन्ह ‘तारा’ कायम रहनेछ।

सहमति अनुसार संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि स्वतः नेकपाका सदस्य हुनेछन्। समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समाजवादको दिशामा सडक, सदन र सरकारमार्फत संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!