चपाचोमा जुवा–तास खेल्दै गरेका चार जना पक्राउ

मध्यपुर थिमि, १४ पुस २०८२ः

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचोमा जुवा–तास खेलिरहेका चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले साँझ करिब ६ बजे छापा मार्दा पैसाको हार–जित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट एक बुक तास र नगद ५५ हजार रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!