काठमाडौं, २३ पुस २०८२ः
रत्न काजि प्रजापति
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. उमेश दाहाललाई पुनः सुम्पिएको छ। मन्त्रालयको पुस २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनी विभागको शीर्ष नेतृत्वमा फर्किएका हुन्।
डा. दाहाल यसअघि पनि पशु सेवा विभागको महानिर्देशकको रूपमा कार्य गरिसकेका अनुभवी प्रशासक हुन्। उनले वि.सं. २०८० भदौदेखि २०८१ चैतसम्म विभागको नेतृत्व गर्दै पशु स्वास्थ्य सेवा, रोग नियन्त्रण तथा पशुपालन क्षेत्रको व्यवस्थापनमा काम गरेका थिए।
विभागीय संरचना, नीति कार्यान्वयन र प्रशासनिक प्रक्रियामा गहिरो अनुभव रहेका कारण मन्त्रालयले पुनः उनलाई जिम्मेवारी दिएको बताइएको छ। दोस्रो कार्यकालमा उनले सेवा प्रवाहलाई थप सुदृढ बनाउने, किसानमैत्री कार्यक्रम अघि बढाउने र पशु स्वास्थ्य प्रणाली मजबुत बनाउने अपेक्षा गरिएको छ।