स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले दिए राजीनामा

काठमाडौँ, ४ माघ २०८२ः

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कार्यकारी निर्देशक डा. काफ्लेले राजीनामा बुझाउनुभएको हो। उहाँको राजीनामाबारे मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो। “आवश्यक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रिपरिषद्मा पेश गर्छौँ,” उहाँले भन्नुभयो।

डा. काफ्ले गत फागुन महिनामा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!