वीरगञ्ज, ४ माघ २०८२ः
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखाको चौथो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अनिल कुमार पटेल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा शुभ नारायण रौनियार, सचिवमा नवीन कोईराला, कोषाध्यक्षमा सुकेश पटेल तथा सह–सचिवमा ओम प्रकाश साह चयन भएका छन्।
यसैगरी कार्यसमितिका सदस्यहरूमा राज नारायण मण्डल, मुकुल सिंह, शिव शंकर चौधरी, सुशान्त यादव, शेखर चौधरी र विरेञ्जन यादव चयन भएका छन्।