काठमाडौं, ४ माघ २०८२ः
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डा उत्पादक किसानहरूको सिफारिसका आधारमा अण्डाको नया समर्थन बिक्री मूल्य निर्धारण गरेको छ।
संघको काठमाडौंमा सम्पन्न बैठकपछि कार्यसमितिको निर्णयअनुसार भोलि माघ ०५ गतेदेखि लागू हुने गरी समर्थन बिक्री मूल्य कायम गरिएको हो। मूल्य निर्धारणमा चितवनलाई आधार क्षेत्र मानिएको संघले जनाएको छ।
निर्धारित समर्थन बिक्री मूल्य अनुसार प्रति क्रेट अण्डाको मूल्य एक्स एल अण्डा : रु ४८०/- , ठुलो अण्डा : रु ४६५/- र मिडियम अण्डा : रु ४४५/- रहेको छ।
संघका अनुसार चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोहरूमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी रु १३० थप खर्च लाग्ने छ।
संघका सचिव मदन पोखरेलले किसानको उत्पादन लागत र बजार अवस्थालाई ध्यानमा राख्दै समर्थन मूल्य तोकिएको बताउँदै, सबै सम्बन्धित पक्षलाई सोही मूल्य अनुसार अण्डा बिक्री–वितरण गर्न आग्रह गरेका छन्।