काठमाडौँ, १५ माघ २०८२ः
स्थानीय बजारमा सुनचाँदीको मूल्यले लगातार उकालो लाग्दै आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको छ।
बुधबार एक तोला सुन ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो। त्यसअघि मङ्गलबार सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँ रहेको थियो। पछिल्ला केही दिनयता मूल्यमा निरन्तर वृद्धि देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्व बजारमा आज सुन प्रतिऔँस ५ हजार ५६० अमेरिकी डलर र चाँदी १२० अमेरिकी डलर मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको बढ्दो मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।