नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शनीः नवराज बने युवा पत्रकार जेनिश बाडे

मध्यपुर थिमि, १६ माघ २०८२ः

भक्तपुरको मध्यपुर थिमि नगदेशमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत पुलुकिसी नाच यस वर्ष पनि विधिवत रूपमा प्रदर्शनी गरिएको छ। श्रीस्वस्थानी लोककथामा आधारित प्रचलित किम्बदन्ती अनुसार हात्तीले फूलमाला पहिराई राजा बनाइएका पात्र नवराजको कथासँग जोडिएको यो नाच स्थानीय संस्कृतिको जीवित धरोहर मानिन्छ।

यस वर्ष नवराजको भूमिकामा युवा पत्रकार जेनिश बाडेले पुलुकिसीमा चढेर नाच प्रदर्शन गरेका हुन्। नाचका अन्य प्रमुख पात्रहरूमा नागचाः का रूपमा श्रीजल बाडे तथा सहेलीद्वयका रूपमा चार्भी बाडे र दीप्सा उप सहभागी थिए।

परम्परागत बाजागाजाको तालमा नाचिने यो नाच नगदेशको लाछी स्थित श्री सिद्धि गणेश मन्दिर प्रांगणमा भगवान् माधवनारायणलाई ल्याएर विराजमान गराएपछि सुरु हुन्छ। उक्त धार्मिक विधिपछि नवराजद्वारा पूजा आरम्भ गरिन्छ। पूजा सम्पन्न भएपछि साँझ पुलुकिसी नाच प्रदर्शन गर्दै नगर परिक्रमा गराइएको थियो।

स्थानीय बासिन्दा तथा दर्शकहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले नगदेशको सांस्कृतिक पहिचानलाई पुनः जीवन्त बनाएको आयोजकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!