भाषा आयोगका सदस्य सुरेश मानन्धरको हृदयाघातबाट निधन

काठमाडौँ, २६ फागुन २०८२ः

भाषा आयोगका सदस्य तथा वरिष्ठ पत्रकार–साहित्यकार सुरेश मानन्धरको सोमबार हृदयाघातका कारण निधन भएको छ। उहाँ ५९ वर्षका हुनुहुन्थ्यो।

एक कार्यक्रममा सहभागी हुने क्रममा अचानक हृदयाघात भएपछि उहाँलाई तत्काल शिक्षण अस्पतालस्थित मनमोहन कार्डियाक सेन्टर लगिएको थियो। तर चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

नेपालभाषा पत्रकारितामा सक्रिय मानन्धरले नेपाल भाषाको साप्ताहिक पत्रिका ‘इनाप’बाट पत्रकारिता सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले ‘विश्वभूमि’ दैनिकको प्रकाशन गर्नुभयो भने ‘सन्ध्या टाइम्स’ र ‘नेपालभाषा टाइम्स’मा सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो।

त्यसैगरी, ‘अप्सरा फिल्म म्यागजिन’, ‘कोशल्वहं चिनाखँ स्वलापौ’ लगायत प्रकाशनमा पनि उहाँले सम्पादकीय योगदान दिनुभएको थियो। उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘थाय्भू’ पत्रिकाको सम्पादक मण्डलमा समेत रहनुभएको थियो।

वि.सं. २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!