काठमाडौं ।
आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपस्थित काठमाडौं एक्स्पो सेन्टरमा आयोजना हुन लागेको “१०th नेपाल फर्मा एक्स्पो २०२६” मा सहभागी हुन नेपाल पशुपन्छी औषधि व्यवसायी संघले आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ।
नेपाल औषधि उत्पादक संघको आयोजनामा तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा हुन लागेको उक्त एक्स्पो औषधि उद्योग, पशु स्वास्थ्य तथा औषधि व्यवसायसँग सम्बन्धित क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।
संघका केन्द्रिय अध्यक्ष रितेश रिमालले एक सूचना जारी गर्दै संघका सातै प्रदेश तथा २२ वटा शाखामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई एक्स्पोमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्नुभएको छ।

उहाँका अनुसार एक्स्पोमार्फत औषधि उत्पादन, वितरण, प्रविधि तथा पशु स्वास्थ्य क्षेत्रमा भएका नवीनतम प्रवृत्ति र अवसरबारे जानकारी आदान–प्रदान हुने अपेक्षा गरिएको छ। साथै, यसले व्यवसायी, उत्पादक तथा सरोकारवालाबीच सहकार्य र नेटवर्क विस्तार गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उक्त नेपाल फार्मा एक्स्पो २०२६ मा स्वदेशी तथा विदेशी कम्पनीहरूका स्टल, नयाँ प्रविधि प्रदर्शन, अन्तरक्रिया तथा व्यवसायिक सहकार्यका विभिन्न कार्यक्रमहरू रहने आयोजकले जनाएको छ।