भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ २०२६’: युवा खेलाडीका लागि ठूलो अवसर

भक्तपुर । देशभरका विद्यालयका प्रतिभावान खेलाडीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर दिने उद्देश्यले ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ फागुन ३० गते भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुँदैछ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वयमा हुने प्रतियोगितामा महिला र पुरुष खेलाडी दुवै विधामा विभिन्न उमेर समूहका खेलाडी प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्तर्राष्ट्रिय रोलर डर्बी वर्ल्ड स्केट च्याम्पियनसिपमा छनोट हुने मौका पनि दिइनेछ।

आयोजकले विद्यालयस्तरबाटै स्केटिङ खेलको विकास गर्ने उद्देश्य राख्दै सञ्चार माध्यमहरूको सहयोगमा प्रतियोगिताको प्रचार–प्रसारमा सहभागिता जनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!