मोरङमा बर्ड फ्लु पुष्टिः नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पशु सेवा विभाग ले मोरङ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा–H5N1) संक्रमण पुष्टि भएको जनाएको छ।

विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ का कुखुराको नमुना परीक्षण गर्दा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रलाई रोगग्रस्त घोषणा गरी नियन्त्रणका उपायहरू कार्यान्वयनमा ल्याइएको छ।

विभागका अनुसार प्रभावित क्षेत्रका कुखुरा, कुखुराजन्य पदार्थ तथा उत्पादनहरू नष्ट गर्ने, संक्रमण फैलिन नदिन आवागमन नियन्त्रण गर्ने र नियमित निगरानी बढाइएको छ।

यसैबीच, कुखुरा फार्ममा अनावश्यक आवतजावत नगर्न, फार्ममा प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण गर्ने, सुरक्षात्मक सामग्री प्रयोग गर्ने, तथा बिरामी वा मरेका कुखुराको तत्काल जानकारी सम्बन्धित निकायलाई दिन आग्रह गरिएको छ।

विभागले रोग नियन्त्रणमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको जनाउँदै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!