प्यूठानमा १५ दिनका लागि कुखुरा र अण्डा आयातमा रोक

प्यूठान, ६ चैत्र २०८२ः

जिल्लामा बर्ड फ्लुको जोखिम बढेपछि बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डाजन्य उत्पादनमा १५ दिनका लागि रोक लगाइएको छ।

जिल्ला स्तरीय बर्डफ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिका सदस्य सचिव विनोद शर्मा का अनुसार देशका विभिन्न जिल्लामा बर्ड फ्लु देखिएकाले सतर्कताका रूपमा आयातमा अस्थायी रोक लगाइएको हो।

उनले १५ दिनपछि अवस्थाको पुनः मूल्याङ्कन गरी आवश्यक निर्णय गरिने जानकारी दिए।

बैठकले जिल्लाका कुखुरापालक व्यवसायीलाई अनिवार्य रूपमा फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउन निर्देशन दिने निर्णय पनि गरेको छ। साथै, यस अवधिमा कुखुरा तथा अण्डाको मूल्यवृद्धि नगर्न चेतावनी दिँदै नियम उल्लंघन गरे कारबाही गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!