काठमाडौँ, १२ चैत्र २०८२ः
बालेन्द्र शाह को नयाँ गीत सार्वजनिक भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहले आज आफ्नै युट्युब च्यानलमार्फत “जय महाकाली” गीत सार्वजनिक गर्नुभएको हो।
उक्त गीतमा शब्द, संगीत र स्वर स्वयं शाहकै रहेको छ।
गीतको भिडियोमा उहाँको चुनावी अभियानका झलकहरू समेटिएका छन् भने सम्पादन बिकेश मगर ले गर्नुभएको छ।