काठमाडौं
नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुना क्षेत्रबाट १५ जनालाई विचौलियाको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अपरेशन’ टोलीले ललितपुर महानगरपालिका–१३, एकान्तकुनाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्ने गतिविधि बढेपछि उनीहरूमाथि कारबाही गरिएको हो ।
पक्राउ परेकाहरुलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।