मध्यपुरमा जेष्ठ नागरिकलाई निशुल्क निमोनिया विरुद्धको खोप अभियान सुरु

मध्यपुर थिमि, १६ चैत्र २०८२ः

मध्यपुर थिमि नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा नगरभित्रका जेष्ठ नागरिकलाई लक्षित गर्दै निमोनिया विरुद्धको खोप अभियान शुभारम्भ गरेको छ।

नगरपालिकाले पहिलो चरणमा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क रूपमा खोप उपलब्ध गराउने जनाएको छ। उक्त खोप अब नगरका प्रत्येक वडामा संचालित शहरी स्वास्थ्य क्लिनिक मार्फत क्रमशः लगाइनेछ।

खोप अभियान यहि चैत्र १८ गते द्खि विभिन्न स्वास्थ्य संस्था र स्थानहरूमा सञ्चालन गरिनेछ। सेवा बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म उपलब्ध हुनेछ।

खोप लगाउन जाँदा जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता परिचयपत्र वा उमेर खुल्ने कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। नगरपालिकाले सम्बन्धित सबैलाई तोकिएको समय र स्थानमा उपस्थित भई सेवाको लाभ लिन आग्रह गरेको छ।

यो अभियानले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!