मध्यपुर थिमि, पोबु
मध्यपुर थिमि नगरपालिका–५, पोबु टोल स्थित सूर्यबिनायक मन्दिर परिसरमा रहेको ऐतिहासिक फल्चाको पुनर्निर्माण कार्य अन्तर्गत झिङ्गटी छाउने काम सफलतापूर्वक सम्पन्न भएको छ।
मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय श्रेष्ठले संयुक्त रूपमा झिङ्गटी छाउने कार्यको शुभ साईटमा शुभारम्भ गर्नुभएको थियो। झिङ्गटी छाउने कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक र व्यापक सहभागिता देखिएको थियो।
सूर्यबिनायक मन्दिर परिसर उपभोक्ता समितिका अध्यक्ष दिलकृष्ण भासिमा र साइट इन्जिनियर ई प्रेमलाल भासिमाको समन्वयमा सञ्चालन भइरहेको पुनर्निर्माण कार्यमा समुदायको उत्साहपुर्ण सहयोग रहेको पाईएको छ ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको उक्त फल्चाको पुनर्निर्माणले स्थानीय सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। साथै, यसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा स्थानियले गरेको छ।
