भक्तपुरमा ‘दशौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु

भक्तपुर । नयाँ वर्षको अवसर पारेर भक्तपुरमा ‘दशौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/८३’ आजबाट सुरु भएको छ। सल्लाघारीस्थित तिनकुने मैदानमा आयोजना गरिएको महोत्सव चैत्र २६ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। उक्त महोत्सबको आज एक बिशेष समारोहका बिच बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भयो

“नयाँ वर्ष, नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको स्रोत” भन्ने मूल नारासहित सुरु भएको महोत्सवमा विभिन्न क्षेत्रका आकर्षक गतिविधिहरू समेटिएका छन्। महोत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, फेसन शो, नृत्य प्रतियोगिता, औद्योगिक तथा कृषि उत्पादन प्रदर्शनी, सूचना तथा प्रविधि प्रदर्शनी, अटोमोबाइल तथा विद्युतीय मेसिनरी प्रदर्शन जस्ता कार्यक्रमहरू रहेका छन्।

त्यस्तै, सांस्कृतिक तथा पर्यटकीय प्रदर्शनी, लत्ता–कपडा तथा भाँडाकुँडाको स्टल, हस्तकला प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकार, बाल उद्यान तथा मनोरञ्जनका विभिन्न खेलहरू समेत समावेश गरिएको छ।

महोत्सव अवधिमा विशेषगरी वैशाख ५ र ६ गते सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन प्रवाह वृद्धि तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

महोत्सवको टिकट दर सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ।

उक्त महोत्सवको आयोजना औद्योगिक शान्ति नेपाल संस्था तथा मध्यपुर ब्वाइज ब्याण्डले संयुक्त रूपमा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!