भक्तपुर, २६ चैत २०८२ ।
युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले भक्तपुरमा “Share Market with Namo: Udyam” शीर्षकको विशेष कार्यक्रम आयोजना हुने भएको छ।
नमो: उद्यम र भक्तपुर उद्योग वाणिज्य संघ (BCCI) अन्तर्गतको युवा उद्यमी उपसमितिको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम चैत २८ गते बिहान ८ बजेदेखि भक्तपुर औद्योगिक क्षेत्र नजिकै रहेको BCCI भवन, ब्यासीमा सञ्चालन हुने जनाइएको छ।
शेयर बजारबारे व्यावहारिक ज्ञान दिने प्रयास
नेपालमा पछिल्लो समय युवाहरूबीच शेयर बजारप्रति आकर्षण बढ्दै गएको सन्दर्भमा कार्यक्रममार्फत आधारभूत ज्ञानदेखि लगानी रणनीतिसम्मका विषयमा व्यवहारिक जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा अनुभवी वक्ताहरूको सहभागिता रहनेछ:
सुसान्त सुवाल – ट्रेडर तथा लगानी सल्लाहकार
रोहित मानन्धर – लगानीकर्ता, ट्रेडर तथा कानुनी व्यवसायी
सहभागीहरूले शेयर बजारका आधारभूत सिद्धान्त, स्टक विश्लेषण, जोखिम व्यवस्थापन तथा वास्तविक बजार अनुभवमा आधारित रणनीतिहरूबारे प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउनेछन्।
युवाहरूलाई लक्षित कार्यक्रम
कार्यक्रम विशेष गरी विद्यार्थी, युवा पेशाकर्मी, उद्यमशील सोच भएका व्यक्ति तथा वित्तीय निर्णय सुधार गर्न चाहने व्यवसायीहरूलाई लक्षित गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा १०० भन्दा बढी सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ।
उद्यमशीलता प्रवर्द्धनको पहल
यो कार्यक्रम नमो: उद्यमको पहिलो औपचारिक पहलका रूपमा आयोजना हुन लागेको हो। “Fostering Future Business Leaders” भन्ने दृष्टिकोणसहित संस्थाले युवाहरूमा उद्यमशीलता, सीप विकास र आर्थिक सचेतना बढाउने लक्ष्य लिएको जनाएको छ।
दर्ता खुला
कार्यक्रममा सहभागी हुन इच्छुकहरूका लागि दर्ता खुला गरिएको छ।
२१ वर्षभन्दा कम उमेरका लागि निःशुल्क
अन्यका लागि रु. २००
दर्ताका लागि:
https://docs.google.com/forms/d/e/1FAIpQLSffqYGJXTj8MMgb48QU3o7ScAmhfGtOheFAhca26DYLVJKYCQ/viewform
सीमित सिट, छिटो दर्ता गर्न आग्रह
सिट संख्या सीमित भएकाले इच्छुक व्यक्तिहरूलाई यथाशीघ्र दर्ता गर्न आयोजकले अनुरोध गरेको छ।
बदलिँदो आर्थिक परिवेशमा वैकल्पिक आयस्रोत खोजिरहेका युवाहरूका लागि यो कार्यक्रमले लगानी यात्रा सुरु गर्ने महत्वपूर्ण अवसर बन्ने विश्वास गरिएको छ।