औषधि व्यवस्था विभागका महानिर्देशक माथि छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही २६ चैतको पत्रअनुसार प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी उजुरी प्राप्त भएको जनाउँदै सो विषयमा छानबिन गर्न मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु गरी ३ सदस्यीय समिति गठन गरेको जनाएको छ ।

मन्त्रालयले उक्त समितिलाई उक्त विषयमा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समेत जिम्मेवारी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!