गहुँ र चैते धानको समर्थन मूल्य बढ्यो, किसानलाई राहत

काठमाडौं, २९ चैत्र २०८२ः

सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले गत वर्षको तुलनामा दुवै बालीको मूल्य बढाएको जनाएको हो ।

मन्त्रालयका अनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ, जुन गत वर्षभन्दा ७७ रुपैयाँ ६२ पैसाले बढी हो । त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले वृद्धि भएको हो ।

गत वर्ष गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा र चैते धानको २ हजार ८ सय रुपैयाँ ६९ पैसा रहेको थियो । मन्त्रालयले चैते धानको समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानका लागि लागू हुने स्पष्ट पारेको छ ।

यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।

किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने र बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले सरकारले हरेक वर्ष बाली रोपाइँअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!