अवैध सम्पत्ति आर्जन प्रकरणमा भाइकाजी तिवारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी तिवारीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका हुन्। अनुसन्धानका क्रममा ठूलो परिमाणमा अवैध सम्पत्ति भेटिएपछि मुद्दा दायर गरिएको जनाइएको छ।

आयोगले अवैध रूपमा आर्जित सम्पत्ति जफत गरी कानुन बमोजिम कारबाही गर्न माग समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!