भक्तपुर, ४ वैशाख २०८३:
भक्तपुरको सल्लाघारीमा शनिबार लोकप्रिय गायक प्रमोद खरेल र गायक दुर्गेश थापाको सांगीतिक प्रस्तुति हुने भएको छ। भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसरमा आयोजना हुन लागेको ‘भक्तपुर वाइल्ड फायर नाइट’ मा दुवै कलाकार पहिलो पटक एउटै मञ्चमा प्रस्तुत हुने आयोजकले जनाएको छ।
आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कार्यक्रममा दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन् भने प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ।
कन्सर्टका लागि २५० र ५०० रुपैयाँ दरका टिकट खल्ती लगायतका डिजिटल माध्यमबाट उपलब्ध छन्। विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको महोत्सवमा हालसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन्।