काठमाडौँ, वैशाख १२ गते । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा डोजर प्रयोग गरिएको हो ।
बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ । सम्भावित तनावलाई मध्यनजर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथली क्षेत्रको बस्ती हटाएपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ । बागमती नदी किनारका सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत अनधिकृत रूपमा बनेका संरचना हटाइएको महानगरले जनाएको छ ।
तस्बिर : केशव गुरुङ/सागर बस्नेत, गोरखापत्र
