नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा. डा. भट्टराई निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

चितवन, १२ वैशाख २०८३ः

नेपाल कुखुरा व्यवसायी मञ्चको १७ औँ साधारण सभा तथा १० औँ अधिवेशन शुक्रबार चितवनमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले प्रा. डा. रेबन्त कुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

मञ्चको नयाँ नेतृत्व चयनका लागि भएको यस अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कृष्णहरी लोहनी, प्रथम उपाध्यक्षमा ज्ञानबहादुर बिसुराल र द्वितीय उपाध्यक्षमा रामकुमार चौहान चुनिनुभएको छ।

कार्यसमितिको महासचिवमा डा. बिष्णुहरी शर्मा, सचिवमा कपिलबाबु खनाल र कोषाध्यक्षमा हरिकृष्ण खनाल निर्वाचित हुनुभएको छ। यस्तै, वरिष्ठ सदस्यहरूमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल र वीरबहादुर गुरुङ चयन हुनुभएको छ।

महासंघको कर्पोरेट सदस्यमा शिव पौडेल तथा सदस्यहरूमा जनार्दन अधिकारी, सुदर्शन जोशी, तुलसीप्रसाद सुवेदी र मदनचिरन्जीवी पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष प्रा. डा. भट्टराईले नेपालको पोल्ट्री क्षेत्रमा देखिएका समस्या समाधान गर्न र व्यवसायीहरूको हकहितका लागि आफ्नो कार्यकाल समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चितवनलाई ‘पोल्ट्रीको राजधानी’ मानिने भएकाले यहाँ सम्पन्न यस अधिवेशन र नयाँ कार्यसमितिलाई व्यावसायिक क्षेत्रमा विशेष महत्त्वका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!