काठमाडौँ, २९ वैशाख २०८३ः
स्वतन्त्र सांसद महाबिर पुनले नवप्रवर्तन, विज्ञान तथा अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ। प्रतिनिधिसभाको आजको विशेष बैठकमा बोल्दै उहाँले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गर्नुभयो।
उहाँले आफू सरकारमा रहँदा नवप्रवर्तन र विकास अनुसन्धानसम्बन्धी अध्यादेश ल्याउन प्रयास गरेको स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गर्नुभयो। साथै विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्न कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो।
महावीर पुनले २०८२ फागुन २१ गते निर्वाचन गराउने सरकारमा आफू मन्त्री रहेको उल्लेख गर्दै सोही निर्वाचनबाट वर्तमान संसद् र सरकार गठन भएको बताउनुभयो।