काठमाडौं । नेपाल केमिकल सोसाइटीको नयाँ कार्यसमितिको अध्यक्षमा डा. महेश कुमार जोशी निर्वाचित भएका छन् । त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै नेतृत्व हात पारेका हुन् ।
अध्यक्ष पदका लागि प्रा. डा. रामेश्वर अधिकारी, डा. दीपक कुमार गुप्ता र डा. महेश कुमार जोशी बीच प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा डा. शान्ता पोखरेल भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । यस्तै उपाध्यक्ष–गैर शिक्षणतर्फ तारा दत्त भट्ट निर्विरोध चयन भएका छन् ।
महासचिव पदमा डा. विपिन दाहाल निर्विरोध निर्वाचित भएका छन् भने सचिव पदमा भएको प्रतिस्पर्धामा श्रवण कुमार रेग्मी विजयी भएका छन् । उक्त पदका लागि डा. गण बहादुर ब्रजाचार्य, कृष्ण बहादुर बिक, प्रकाश लामिछाने र रेग्मीबीच प्रतिस्पर्धा भएको थियो ।
कोषाध्यक्ष पदमा डा. रामिना महर्जन विजयी भएकी छन् । उनले डा. चन्द्रदीप कुमार यादवलाई पराजित गर्दै उक्त जिम्मेवारी हात पारेकी हुन् ।
त्यस्तै सदस्य पदमा सुशिल पोखरेल, प्रज्ज्वल आचार्य र गायत्री मेया कोजु निर्वाचित भएका छन् । सदस्य पदका लागि आशिष फुयाल, ब्रह्मदेव यादव, अग्नि प्रसाद शर्मा, भेषराज पाण्डे र केवल प्रसाद पोखरेलसहित अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेका थिए ।