पशुपन्छी औषधि व्यवसायी तालिम लिएका प्रशिक्षार्थीहरूको परीक्षा असार १३ गते

काठमाडौं । औषधि व्यवस्था विभागले पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्रका लागि तालिम लिएका प्रशिक्षार्थीहरूको परीक्षा सञ्चालन सम्बन्धी सूचना सार्वजनिक गरेको छ। विभागले प्रकाशित गरेको सूचना अनुसार परीक्षा आगामी असार १३ गते शनिबार काठमाडौंमा सञ्चालन हुने भएको छ।

विभागको पूर्व स्वीकृति तथा पशु सेवा विभाग एवं पशु सेवा तालिम केन्द्र (सम्बन्धित प्रदेशस्तर) को समन्वयमा सञ्चालित तालिममा सहभागी उम्मेदवारहरू मध्ये स्वीकृत दरखास्त दिएका प्रशिक्षार्थीहरू परीक्षामा सहभागी हुन पाउनेछन्।

परीक्षा काठमाडौंको श्री रत्नराज माध्यमिक विद्यालय, बानेश्वर मा सञ्चालन हुनेछ। परीक्षा दुई चरणमा हुनेछ। पहिलो चरणअन्तर्गत वस्तुगत (Objective) परीक्षा बिहान ९ बजे देखि सुरु हुने छ, जसको अवधि ३० मिनेट तोकिएको छ। त्यस्तै दोस्रो चरणको विषयगत (Subjective) परीक्षा बिहान ९:३० बजे देखि सुरु हुने छ र २ घण्टा सञ्चालन गरिनेछ।

विभागले परीक्षा केन्द्रमा झोला, मोबाइल फोन, स्मार्ट वाच तथा अन्य इलेक्ट्रोनिक उपकरण लैजान निषेध गरिएको जनाएको छ। परीक्षार्थीहरूले अनिवार्य रूपमा नागरिकता वा नेपाल सरकारबाट जारी फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्नेछ।

यस्तै, परीक्षार्थीहरू परीक्षा सुरु हुनुभन्दा कम्तीमा डेढ घण्टा अगाडि (बिहान ७:३० बजेभित्र) परीक्षा केन्द्रमा उपस्थित हुन विभागले आग्रह गरेको छ। प्रवेशपत्र असार ५ गतेदेखि औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौंबाट कार्यालय समयभित्र लिन सकिने सूचनामा उल्लेख गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!