नेपाल पशुपन्छी औषधि व्यवसायी संघ पशु औषधि व्यवसायी मान्यता परीक्षार्थीको लागि तयारी कक्षा संचालन गर्दै

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले पशु औषधि व्यवसायी मान्यता परीक्षामा सहभागी हुने परीक्षार्थीको क्षमता अभिवृद्धि र सहज तयारीका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । संघका केन्द्रिय महासचिब सादुराम ढकालका अनुसार आगामी असार महिनामा सञ्चालन हुने तयारी कक्षाका लागि इच्छुक परीक्षार्थीलाई सहभागिताका लागि आग्रह गरेको जनाएको छ।

औषधि व्यवस्था विभागद्वारा सञ्चालन हुने पशु औषधि व्यवसायी मान्यता परीक्षालाई लक्षित गर्दै असार १ गतेदेखि १० गतेसम्म १० दिन अनलाइन माध्यमबाट तयारी कक्षा सञ्चालन गरिनेछ। कक्षा बिहान र बेलुका गरी दुई सत्रमा सञ्चालन हुने तथा सहभागीहरूलाई Zoom मार्फत प्रशिक्षण दिइने छ। परीक्षार्थीलाई समयमै तयारीमा सहयोग पुग्ने र योग्य जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

पशु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ब्यबसायीहरुलाई बैधानिक बनाउने यो परिक्षामा सफल हुनको लागि यस्ता तयारी मूलक कक्षा महत्त्वपूर्ण हुने महासचिब ढकालले बताए। साथै, सहभागी हुन चाहने परीक्षार्थीलाई बैंकमार्फत शुल्क जम्मा गरी भौचर WhatsApp मा पठाउन अनुरोध गरिएको छ भने कक्षामा सहभागी हुनेको Zoom ID र Password रकम सुनिश्चित भएपछि उपलब्ध गराइने जानकारी दिइएको छ।

यस तयारी कक्षा मार्फत पशु औषधि व्यवसाय क्षेत्रमा दक्ष मानव संसाधन उत्पादन तथा नियामक निकायको परीक्षामा परीक्षार्थीलाई सहज हुने संघले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!