सदर चिडियाखानामा बर्ड फ्लू संक्रमणः चिडियाखाना अनिश्चितकालीन अबधिको लागि बन्द

ललितपुर, बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको हो।

कोषद्वारा जारी सूचनामा चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लू संक्रमण देखिएकाले सर्वसाधारण दर्शकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ।

सूचनामा भनिएको छ, “सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लू संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ।”

तर हाल कुन-कुन जीवजन्तुमा संक्रमण देखिएको हो भन्नेबारे भने स्पष्ट विवरण सार्वजनिक भने गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!