प्राविधिक कारण रास्वपाको बन्दसत्र आज स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिसम्मका लागि सारिएको छ।

प्रदेशहरूबाट आएका प्रतिनिधिहरूको नामावली रुजु गर्न अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र स्थगित गरिएको हो। रास्वपाका सहमहामन्त्री मनिष झाले पत्रकार सम्मेलनमार्फत बन्द सत्र अब भोलि बिहान ७ बजेदेखि कार्ड वितरण सम्पन्न भएपछि मात्र सुरु हुने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “महाधिवेशन सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा कुनै विवाद नआओस् भन्ने हाम्रो अपेक्षा छ। यसबाट पर्न गएको असुविधिप्रति हामी क्षमाप्रार्थी छौँ।”

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार आजसम्म तीन हजार प्रतिनिधि कार्ड छपाइ सम्पन्न भएको छ। छापिएका कार्डहरू आज साँझ ७ बजेदेखि वितरण सुरु गरिएको उहाँले बताउनुभयो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्द सत्र अब मङ्गलवार बिहानबाट सुरु हुनेछ। बन्द सत्र प्रभावित भएसँगै निर्वाचन कार्यतालिकामा समेत असर परेको छ।

यससँगै रास्वपाको प्रथम महाधिवेशन एक दिन लम्बिने देखिएको छ। महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!